चमक थियो उनीमा, केही गर्छु भन्ने भरपुर जोस थियो उनी भित्र । कक्षामा प्रथम हुन्थिइन सधै । उनी थिइन, उनको परिवारको मुस्कान , मुस्कान खातुन।
प्रकृतिबाट प्राप्त सुन्दरताको को बेफाइदा , माजिद आलम र उसको साथीले उनीलाई पच्छ्याउने गर्दा रहेछन, सुरुमा उनले मतलव गरिनन् । तर, उनको पनि एउटा सहने एउटा सिमा थियो । जुन दिन त्यो सिमा नाघ्यो,उनले आफ्नो बुबालाई खवर गरिन ।
फलत बुबा रसुलले आलमलाई मुस्कानलाई नजिस्काउनू भनेर सम्झाए। केही समय सम्म मुस्कानसँग आलम बोलेन । केही समयपछि फेरि उस्तै हर्कत देखाउन थालेपछि बुबा रसुले रिसले आलमलाई एक लपेटो हाने। त्यो दिनदेखि आमलले मुस्कानलाई जिस्काउन बन्द गरे ।
ठूलो आँधी अगाडिको सुन्नियता, दुई महिना मुस्कान खुसीसँग आफ्नो दैनिकी चलाउँदै थिइन । स्कूल र घर नै थियो उनको दिनचर्या । शुक्रबारको दिन थियो, बिहान ६ बजेको थियो उनी घरबाट निस्किन स्कूल तिर , बीच उनी रोक्निन्छिन् । उनलाई रोक्ने त्यही दुई केटा थिए । उनलाई दबाव दिइन्छ बोतलको झोल पिउन बाध्य गरिन्छ । उनी मान्दिनन् र नमान्दाको रिसको प्रहारमा उनीलाई त्यही बोतलको झोल प्रहार गरिन्छ । मुस्कान भुइँमा बजारिएर पिडाले लडिबुडी गर्न थालछिन्।
उनलाई त्यस्तो अवस्थामा देखेपछि उनलाई नजिकको अस्पताल पुर्याउछन् । त्यहाको नारायणी अस्पतालमा भएको प्राथमिक उपचार पश्चात यतिबेला काठमाडौँको कीर्तिपुर अस्पतालको सैयामा छिन।
घरमा सवैलाई मुस्किान दिलाउने छोरीको यो हालत देखेर उनका आमाबुबा छतविछत छन् । उनका आँखाबाट आँशु रोकिएका छैनन् । तर छोरी मुस्कानको अगाडि सहनाज आँसु झारेर आफूलाई कमजोर साबित गर्न चाहदिँनन्।
मुस्कानको बुवाआमालाई एक मात्र प्रश्न छ - ‘मेरो अनुहार कस्तो भएको छ, म निको हुन्छु कि हुन्न?’ मुस्कानको यो प्रश्नमा बुवाआमा एकै उत्तर दिन्छन्, ‘चिन्ता नलेऊ तिमी ठिक हुन्छौ, हामी तिमीलाई ठिक गराउँछौँ।’
मुस्कानको शल्यक्रिया भइसक्यो घाँटी र हातमा एसिडले धेरै असर गरेको थियो। शल्यक्रिया पश्चात मुस्कान खतरा मुक्त भएको उनको उपचारमा संलग्न चिकित्सक बताउछन।
के हुन्थ्यो होला, अझ झन मुस्कानले ती नरपिचासले दिएको त्यो एसिड खाएको भए । कसले यस्तो घातक कुरा सिकायो होला तीनलाई ? अरुको जिन्दगी तवाह गर्ने अधिकार तिनलाई कसले दियो ? सरकारले सहयोग ५ लाख त गर्यो । तर, के त्यसले उसको त्यो हाँसो फर्काउला ?
मुस्कानले न्याय पाउनै पर्छ। समाजमा येस्तो घटना डोराउन हुदैन। कानुन साच्चिनै पर्छ।
हाम्रो कानून दैव जानून
एक वर्ष अगाडि आएको मुलुकी अपराध संहिता ऐनको दफा १९३ मा कसैले तेजाब वा यस्तै प्रकारका अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी वा छर्किई वा त्यस्तो पदार्थले पोली, डामी, दली, घसी जिउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अङ्ग कुरुप पार्ने काम गर्नु वा गराउनु हुँदैन भन्ने उल्लेख गरिएको छ।
कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना।
त्यसैगरी शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्याएमा ३ वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना।
विडम्बना १२ घण्टाको १ दिन र सरकारी छुट्टिलाई पनि घटाइदिन्छ हाम्रो कानूनले । यस्तो कानून व्यवस्थाले साच्चिकै प्रश्न उठ्छ एसिड जस्तो डरलाग्दो केमिकल कसरी सजिलै उपलव्ध हुन सक्छ बजारमा । लाइशनपनि चाहिदैन रहेछ । अनि फेरी जेलबाट सजिलै छुटेका यी नरपिचासबाट कसरी सुरक्षित हुन सक्छ हाम्रो समाज ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस