लगानीकर्ता तिलक कोइरालाले धितोपत्र बोर्डले आफ्नो काम नगर्दा बजार घटेको बताएका छन् । अर्थसंसारसँग कुरा गर्दै कोइरालाले अहिले लगानीकर्ताको मनोबल बढ्न नसकेकाले बजार नकारात्मक भएको बताएका हुन् ।
राष्ट्र बैंकले गर्नु पर्ने सुधारका कामहरु गरेको भए पनि नेपाल धितोपत्र बोर्डले गर्नु पर्ने काम नगरेकाले पनि बजारले गति लिन नसकेको उनको भनाइ छ । ‘बजारमा अहिले लगानीकर्ताको मनोबल नबढेको अवस्था छ । यसले गर्दा बजार घटेको हो,' उनले भने । आजको कारोबार जारी रहँदा बजार ३.४४ प्रतिशत अर्थात ८८.९७ अंकले घटेर परिसूचक २४९३.२१ विन्दुमा पुगेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस