Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे हाइड्राेपावरले धमाधम लाभांश पठाउँदै, नपाएका शेयरधनीलाई यस्ताे आग्रह

निशा हुमाँगाई

आइतबार, १३ पुस २०७६, १४ : १६ मा प्रकाशित

चिलिमे हाइड्राेपावरले धमाधम लाभांश पठाउँदै, नपाएका शेयरधनीलाई यस्ताे आग्रह

अर्थ संसार, काठमाडाैं - चिलिमे हाइड्राेपावरले आफ्ना शेयरधनीलाई धमाधम लाभांश वितरण गर्न थालेकाे छ । कम्पनीले मंसिर ११ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाले पारित नगद लाभांश वितरण गर्न थालेको हाे ।

साधारण सभाले गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले सो मध्ये ५ प्रतिशत नगद लाभांश शेयरधनीको खातामा पठाउन थालेको हो । बोनस शेयर भने सिडिएससी तथा नेप्सेमा सूचीकरण भएपश्चात मात्र शेयरधनीको खातामा वितरण हुने भएकाे छ ।

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट

कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीहरुको खातामा भने गत मंसिर ३० गतेदेखि नै लाभांश पठाएकाे थियाे । हालसम्म पनि  हितग्राही (डिम्याट) खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुको लाभांश वितरण भने कागजी शेयर डिम्याट गराएर डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएपश्चात मात्र वितरण हुने कम्पनीले जनाएको छ ।

साथै कम्पनीले शेयर धितो राखि ऋण लिएका शेयरधनीहरुलाई समेत ऋण लिएको संस्थाको स्वीकृतिपत्र लिई सिद्धार्थ क्यापिटलमा बुझाउन र नगद लाभांश लिन आग्रह गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको