Like us!
Follow us!
Connect us!
Watch us!

यी तिन कम्पनीले धमाधम लाभांश पठाउँदै

निशा हुमाँगाई

शुक्रबार, १८ पुस २०७६, १२ : २३ मा प्रकाशित

यी तिन कम्पनीले धमाधम लाभांश पठाउँदै

अर्थ संसार, काठमाडौं – आज (शुक्रबार) बाट निर्धन उत्थान लघुवित्त , चौतारी लघुवित्त र  श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले आफ्ना शेयरधनीकाे खातामा धमाधम लाभांश पठाएका छन् ।

 निर्धन उत्थानले पुस १३ गते सम्पन्न २१ औँ वार्षिक साधारण सभाले पारित गरेको १५.५३ प्रतिशत नगद लाभांश वितरण गरेकाे हाे । 

त्यसैगरी, चौतारी लघुवित्तले पुस ९ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको १०.८९ प्रतिशत नगद लाभांश वितरण गरेकाे हाे । 

यस्तै, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले पुस ११ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेकाे  १०.६५ प्रतिशत नगद लाभांश वितरण गरेकाे हाे ।

यी तिनै कम्पनीहरुले बुकक्लोज गर्नु अघिसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा नगद लाभांश पठाएका छन् ।

यसका साथै, निर्धन उत्थान लघुवित्त र चौतारी लघुवित्तकाे शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीकाे  शेयर रजिष्ट्रार सिद्धार्थ क्यापीटल रहेको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको