Like us!
Follow us!
Connect us!
Watch us!

चट्याङले एकै परिवारका पाँच जनालाई घाइते बनायाे

निशा हुमाँगाई

शुक्रबार, १८ पुस २०७६, १२ : ५० मा प्रकाशित

चट्याङले एकै परिवारका पाँच जनालाई घाइते बनायाे

अर्थ संसार, काठमाडौं – आज (शुक्रबार) बिहान चट्याङ लागेर बाँकेमा एकै परिवारका पाँच जना घाइते भएका छन् । बिहान पौने पाँच बजेतिर चट्याङ पर्दा एकै घरका पाँच जना घाइते भएका प्रहरीले जनाएको छ । नेपालगञ्ज–१३ महापुरवाका ५४ वर्षीय गुरुदिन खटिकको घरमा चट्याङ पर्दा गुरुदिनसहित पाँच जना घाइते भएका हुन् ।

घाइते हुनेमा ५५ वर्षीया श्यामकला खटिक, ४५ वर्षीय राजितराम खटिक, १८ वर्षीय रामरुप खटिक र चार वर्षीय सुबी खटिक रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताएका छन् ।

यसैगरी, घाइते भएका सबैको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चट्याङ लाग्दा साेही घरमा पालिएको एउटा बङ्गुरसमेत मरेको प्रहरीले जनाएको छ । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको