Like us!
Follow us!
Connect us!
Watch us!

कञ्चन डेभलपमेन्ट बैंकले बाेलायाे साधारण सभा, लाभांश दर परिवर्तन

निशा हुमाँगाई

शुक्रबार, १८ पुस २०७६, १४ : ०० मा प्रकाशित

कञ्चन डेभलपमेन्ट बैंकले बाेलायाे  साधारण सभा, लाभांश  दर परिवर्तन

अर्थ संसार, काठमाडौं – कञ्चन डेभलपमेन्ट बैंकले १०औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ । उक्त सभा पुस २९ गते होटल ओपेरा, महेन्द्रनगर, कञ्चनपुरमा बिहान ११ः३० बजे हुने भएकाे छ ।

सभामा १० प्रतिशत बाेनस शेयर र ६ प्रतिशत कर प्रयाेजन गरी कूल १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने भएकाे छ । यसअघि भने १०% बोनस शेयर र ७% नगद लाभांश गरी कुल १७% लाभांश वितरण गर्ने बैंकले उल्लेख गरेको थियो ।

सभामा बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यस सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका एजेन्डामा छलफल हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको