Like us!
Follow us!
Connect us!
Watch us!

माघ १७ गतेदेखि राजधानीमा नेपाल उड अन्तर्राष्ट्रिय एक्पो २०२० हुँदै

निशा हुमाँगाई

मंगलबार, १४ माघ २०७६, १७ : १२ मा प्रकाशित

माघ १७ गतेदेखि राजधानीमा नेपाल उड अन्तर्राष्ट्रिय एक्पो २०२०  हुँदै

अर्थ संसार, काठमाडौं - मिडिया स्पेस सोलुसन्स प्रा.लि. र Futurex Trade Fair and Events Pvt.Ltd.,ले संयुक्त रूपमा आयोजना गर्दै आइरहेको Nepal Wood International Expo तथा Nepal International Furniture & Home Décor International Expo छैठौँ वर्ष यही २०७६ माघ १७, १८ र १९ गते काठमाण्डौको भृकृटीमण्डपमा आयोजना हुने भएको छ ।

उक्त आयोजना हुन गइरहेको प्रदर्शनीमा संसार का विभिन्न देशका २०० भन्दा बढि ख्याती प्राप्त ब्राण्ड हरूका १५० भन्दा बढि स्टल रहने छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरूले काठ व्यवसायसंग सम्बन्धित उत्पादन हरूको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधि को बारेमा जानकारी गराउन को लागि यो प्रदर्शनी ५ वर्ष देखी कोसेढुङ्गा सावित हुँदै आएको आयोजकको भनाई छ ।

यस्तै, यस अन्तराष्ट्रिय प्रदर्शनीमा Woodworking & Furniture manufacturing Machineries, Power Tools, Plywood, Doors & Windows, Fittings, Wood Accessories, Raw Materials, Interior Design, Home Décor, Home Furniture, Office Furniture तथा Finished Products हरूको पनि उल्लेखनीय सहभागिता रहने छ ।

यस छैठौँ नेपाल उड प्रदर्शनीमा आयोजकहरूले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षीत वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरूमा प्रयोग गराउन एउटा पहलका रूपमा लिएका छन् ।

त्यस्तै, यस प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरूलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्नेछ ।

यस अन्तराष्ट्रिय प्रदर्शनीका सहयोगी संस्थाहरू Society of Nepalese Architects (SONA), Society of Consulting Architectural & Engineering Firms (SCAEF) तथा Interior Designers Association Of Nepal (IDEA NEPAL) रहनेछन् ।

यसैगरी, यस प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने विश्वास लिइएकाे छ । यस प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति,आम नागरीक बाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस् तथा इन्टीरीयर डिजाइनरहरूको सहभागिता रहने छ ।

यस अन्तराष्ट्रिय प्रदर्शनीको मुल उदेश्यको रूपमा नेपालमा भएका उच्च दर्जाका काठहरू प्रयोग गरेर फनिर्चर तथा अरू सामाग्रीहरू बनाइ निर्यात गर्ने वातावरण बनाउनु हो । साथै यस प्रदर्शनीले नेपालको काठ तथा फनिर्चर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापुर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरूलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने हो । साथै यस प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धि कार्यहरूमा पनि सकारात्मक भुमिका निर्वाह गर्ने विश्वास लिइएकाे छ ।

5e302a295319f.gif 5e302a2f46852.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको