Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारितसँगै प्रभु इन्स्योरेन्सकाे २४ औं वार्षिक साधारणसभा सम्पन्न

निशा हुमाँगाई

शुक्रबार, २४ माघ २०७६, ११ : ५८ मा प्रकाशित

लाभांश पारितसँगै प्रभु इन्स्योरेन्सकाे २४ औं वार्षिक साधारणसभा सम्पन्न

अर्थ संसार, काठमाडौं - प्रभु इन्स्योरेन्स लिमिटेडको २४ औं वार्षिक साधारणसभा आज (माघ २४ गते, शुक्रबार) प्रभु कम्प्लेक्स तीनकुने, काठमाडौंमा सम्पन्न भएको छ । 

उक्त साधारण सभामा आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बाेनस शेयर तथा ११.३२ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १६.३२ प्रतिशत लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरिएको छ ।

यसैगरी, साधारण सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष कुसुम लामाले बीमा क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाका बीच कम्पनीले पूँजी वृद्धि, खर्च र व्यवसाय बिस्तारलाई समुचित व्यवस्थापन गरी दिगो तथा सुरक्षित र दीर्घकालीन लक्ष्य प्राप्तिका लागि अगाडि बढिरहेको बताउँदै आफ्ना ग्राहकवर्गलाई आवश्यक सेवाहरू छिटो छरितो ढंंगले प्रदान गर्दै सरकार तथा नियमनकारी निकायले लिएको निति अनुरूप बीमा क्षेत्रमा टेवा पुर्याउन प्रतिवद्ध रहेको बताएका छन् ।

सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम कम्पनीकाे चुक्ता पूँजीको ५ प्रतिशत बाेनस शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिएकाे छ ।

यस्तै, सभामा आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गरीएकाे छ ।त्यस्तै, सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरिएकाे छ ।

यो पनि पढ्नुहोस्

इतिहासमा पहिलो चोटी लाभांश पाएपछि वाणिज्य बैंकका शेयरधनीले गरे प्रशंसा

राष्ट्रिय वाणिज्य बैंकको १४ औं वार्षिक साधारण सभा सम्पन्न, पारित भए यी एजेन्डाहरु 

लाभांश पारितसँगै प्रभु इन्स्योरेन्सकाे २४ औं वार्षिक साधारणसभा सम्पन्न 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको