Like us!
Follow us!
Connect us!
Watch us!

इतिहासमा पहिलो चोटी लाभांश पाएपछि वाणिज्य बैंकका शेयरधनीले गरे प्रशंसा

अर्थ संसार

शनिबार, २५ माघ २०७६, १६ : ४८ मा प्रकाशित

इतिहासमा पहिलो चोटी लाभांश पाएपछि वाणिज्य बैंकका शेयरधनीले गरे प्रशंसा

अर्थ संसार,काठमाडौं–  वाणिज्य बैंकका शेयरधनीले पहिलो पटक १४ वर्षमा लाभांश पाएपछि मख्ख परेका छन् ।

शुक्रबार सम्पन्न भएको १४ औं वार्षिक साधारणसभामा बोल्ने शेयरधनीले बाणिज्य बैंकको इतिहासमा पहिलोचोटी लाभांश दिएकोमा संचालक समिति र बैंकका व्यवस्थापनलाई धन्यवाद दिएका थिए ।

बाणिज्य बैंक पव्लिक कम्पनीमा आएपछि पहिलोपटक शेयरधनीलाई १२ प्रतिशत नगद लाभांश दिएको छ । साधारणसभामा बोल्दै शेयरधनी डमरु बल्लभ घिमिरेले शेयरधनीले मरिसक्यो भनेकोे शेयरमा अहिले लाभांश दिँदा वाणिज्य बैंकले फेरी एकचोटी शेयरधनीको मनबल बढाएको बताए । 

आगामि दिनमा अझ शेयरधनीलाई नगद र बोनस शेयर गरी राम्रो लाभांस दिन समेत आग्रह गरे । त्यसै गरी शेयरधनी राजेश शाक्यले साधारणसभामा बोल्दै वाणिज्य बैंकको शेयरधनी पीडित छन् तर, धेरैपछि भएपनि लाभांश दिएकोमा संचालक समितिलाई धन्यवाद दिन भ्याए ।

त्यसै गरी शेयरधनी अमृत रेग्मी,रामगोपाल महर्जन र दामोदर रेग्मीले बैंकको शाखा विस्तार र बजारीकरणलाई ध्यान दिन समेत आग्रह गरे ।  वाणिज्य बैंक सर्वसाधारणको ३० लाख ९१० कित्ता शेयर रहेको छ ।

यो पनि पढ्नुहोस्

इतिहासमा पहिलो चोटी लाभांश पाएपछि वाणिज्य बैंकका शेयरधनीले गरे प्रशंसा

राष्ट्रिय वाणिज्य बैंकको १४ औं वार्षिक साधारण सभा सम्पन्न, पारित भए यी एजेन्डाहरु 

लाभांश पारितसँगै प्रभु इन्स्योरेन्सकाे २४ औं वार्षिक साधारणसभा सम्पन्न 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको