अर्थ संसार, काठमाडौं– चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकार तथा चन्द्रागिरि हिल्स रिर्सोटमा ७८ जिल्ला नगरका अध्यक्ष सहित १२७ जनाउ द्योग वाणिज्य संघका पदाधिकारीहरुले शुक्रबार अवलोकन भ्रमण गरेका छ ।
अनौपचारिक भ्रमणको क्रममा रहेका पदाधिकारीहरुलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा महाप्रबन्धक अभिषेक विक्रमशाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।
भ्रमणको क्रममा पदाधिकारीहरुले चन्द्रागिरि देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको र आगामी दिनमाआ–आफ्नो जिल्लामा यस्तै पर्यटकीय गन्तव्य विकास सम्भावनाको खोजी गर्ने बताए ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनारहल र रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस