Like us!
Follow us!
Connect us!
Watch us!

यी दुई कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका, सभा कहिले ?

निशा हुमाँगाई

विहीबार, २९ फागुन २०७६, ११ : २३ मा प्रकाशित

यी दुई कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका, सभा कहिले ?

अर्थ संसार, काठमाडौं – वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम माैका रहेकाे छ ।

सेञ्चुरी कमर्सियल बैंककाे नवाैं वार्षिक साधारण सभा चैत्र १४ गते शुक्रबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडाैंमा बिहान ११ बजेदेखि सुरू हुनेछ । त्यसैले, साधारण सभा प्रयाेजनार्थका लागि बैंकले फागुन ३० गते अर्थात भाेलिबाट बुकक्लाेज गर्ने भएकाे छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई २ प्रतिशत बोनस र कर प्रयाेजन ४.७५ प्रतिशत गरी कुल ६.७५ प्रतिशत नगद लाभांश दिने विशेष प्रस्ताव सभामा पेश गर्दैछ ।

त्यस्तै, वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ८औँ वार्षिक साधारण सभा चैत्र १६ गते आइतबार धुलिखेलस्थित जुगल होटलको सभाहलमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनार्थका लागि फागुन ३० गते शुक्रबारबाट चैत्र १६ गतेसम्म संस्थाकाे शेयर दाखिला खारेज बन्द गर्ने भएकाे छ । त्यस्तै, उक्त सभामा गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई २५ प्रतिशत बोनस र १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरीँदैछ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको