Like us!
Follow us!
Connect us!
Watch us!

सूचनाको हक सम्बन्धी विधेयक प्रदेशसभाबाट हुबहु पारित हुुँदैन : सभामुख

आइतबार, ०२ चैत्र २०७६, १४ : २१ मा प्रकाशित

सूचनाको हक सम्बन्धी विधेयक प्रदेशसभाबाट हुबहु पारित हुुँदैन : सभामुख

अर्थ संसार, काठमाण्डौं - वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले संविधानको मर्म र भावनाको प्रतिकूल हुने गरी सूचनाको हक सम्बन्धी विधेयक प्रदेशसभाबाट हुबहु पारित नहुने दृढता व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ मकवानपुरद्वारा आज हेटौँडामा आयोजित ‘प्रेस स्वतन्त्रता र प्रदेश सञ्चार कानूनको’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले  सञ्चारकर्मीले पनि आफ्नो पदीय आचारणलाई आत्मसात् गरी जवाफदेहीसाथ कर्तव्यपालन गर्नुपर्ने बताए । मुलुकको स्वतन्त्रतासहित प्रजातन्त्रको संवद्र्धन गर्न प्रेस जगतको अपरिहार्य भूमिका आवश्यक रहेको उनले बताए । 

त्यस्तै, सभामुख श्रेष्ठले आमजनतालाई आफ्नो अभिव्यक्ति व्यक्त गर्ने स्वतन्त्रताको साथै मौलिक हकको संवद्र्धन गर्ने सञ्चार विधेयकलाई सरकारले निषेध गर्न नसक्ने उल्लेख गर्दै प्रेस र सरकारको बीच सुमधुर सम्बन्ध कायम हुनुपर्ने र त्यसो गरिएमा मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धि सफल हुने विश्वास व्यक्त गरे । महासङ्घका उपाध्यक्ष विपुल पोख्रेलले प्रेस स्वतन्त्रताप्रति सरकारले अङ्कुश लगाउन नहुने उल्लेख गर्दै प्रत्येक समुदायले आ–आफ्नो धर्म संस्कृति, रीतिरिवाजको सम्वद्र्धन गर्न र व्यक्तिगत स्वतन्त्रताको अभिव्यक्तिलाई प्रशासनिक रुपमा सञ्चार ऐनको विभिन्न दफामा प्रावधान राख्न नहुने सुझाव दिए । उनले संवैधानिक निकायले निष्पक्ष भई प्रेसलाई सूचना उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।

सो अवसरमा महासङ्घ वाग्मती प्रदेशका अध्यक्ष प्रताप विष्ट, मकवानपुर अध्यक्ष हरि हुमागाईं, केन्द्रीय सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य कृष्ण गिरी, वाग्मती प्रदेशका सल्लाहकार गिरिजा अधिकारीले सङ्घीय र प्रदेश सरकारले सञ्चार क्षेत्रमा आफ्नो स्वार्थलाई उपयोग गर्ने रणनीतिलाई त्यागेर सञ्चार क्षेत्रलाई पूर्णस्वायत्त, स्वतन्त्रता प्रदान गर्नुपर्ने बताए । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको