Like us!
Follow us!
Connect us!
Watch us!

देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

निशा हुमाँगाई

शुक्रबार, ०७ चैत्र २०७६, १४ : १३ मा प्रकाशित

देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

अर्थ संसार, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । उनले विश्वव्यापी रूपमा त्रास फैलाएको कोरोना भाइरस (कोभिड १९) को विषयमा शुक्रबार सम्बोधन गर्दै छन् ।

उक्त सम्बाेधन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट शुक्रबार बेलुका ६ बजे हुँदैछ । प्रधानमन्त्री ओलीको सम्बोधन सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजन र रेडियो नेपालले प्रशारण गर्ने भएको छ । 

त्यस्तै, सम्बाेधनमा प्रधानमन्त्री ओलीले मुलुकको समसामयिक परिस्थिति तथा विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले अपनाएका सुरक्षाका उपायकाे विषय समेट्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको