Like us!
Follow us!
Connect us!
Watch us!

वित्तीय संस्थाको इ–म्यापिङ् कार्यान्वन अन्तिम चरणमा

शुक्रबार, ०४ चैत्र २०७३, १० : ३९ मा प्रकाशित

वित्तीय संस्थाको इ–म्यापिङ् कार्यान्वन अन्तिम चरणमा

अर्थ संसार 
काठमाडौं–‘इ–म्यापिङ्’ कार्यान्वयनपछि नेपालमा लघुवित्तको क्षेत्र र पहु“च बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । राजधानीमा जारी लघुवित्त सम्मेलनको दोस्रो दिन बिहीबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतवहादुर कार्कीले संयोजन गरेको सत्रमा ‘इ–म्यापिङ् रिजल्ट एन्ड इम्प्लिकेसन्स प्ःmर माइक्रोफाइनान्स रेगुलेसन’ सत्रमा सरोकारवालाले यस्तो जोड दिएका हुन् ।

बोर्डका अध्यक्ष कार्कीले लघुवित्तले जनहितका कार्यक्रमलाई अझ परिस्कृत गर्दै लैजानुपर्ने बताउनु भयो । ‘वित्तिय संस्थाको इ–म्यापिङ् गर्ने धेरै अघिदेखिको योजना बल्ल कार्यान्वयन चरणमा पुगेको जानकारी दिनुभयो ।    

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले लघुवित्तको क्षेत्र विस्तारका लागि इ–म्यापिङ् भइरहेको बताउनु भयो । ‘राष्ट्र बैंकले करिव ७५ प्रतिशत काम गरिसकेकाले यो चा“डै कार्यान्वयनमा आउने छ’, उहाँले भन्नुभयो ।

उहाँले सर्वसाधारण जनताको पहु“च बैकिङ क्षेत्रमा पु¥याउन सरकारले घोषणा गरेको प्रत्येक नागरिकको बैंक खाता खोल्ने कार्यक्रम कार्यान्वयन गर्ने चुनौति पनि लघुवित्तमाथि आएको बताउनु भयो । वाणिज्य बैंक र लघुवित्तको कार्य क्षेत्र अलग्गै भए पनि सेवाको प्रकृति भने उस्तै रहेकाले इ–म्यापिङ् चा“डो गर्न लागिएको उहाँले बताउनु भयो ।

निर्देशक पौडेलले १ हजार वर्गमिटर क्षेत्रमा सर्वसाधरणको वित्तीय पहु“च वारेमा यसले स्पष्ट जानकारी उपलब्ध गराउने बताउनु भयो । ‘अहिले एकै ठाउ“मा बैंक, लघुवित्त र अन्य वित्तीय संस्था जाने गरेका छन्’, उहाँले भन्नुभयो, ‘इ–म्यापिङपछि यस्तो गल्ती न्युनकिरण भएर जाने छ ।’ उहाँले इ–म्यापिङ्मा १ हजार जनताको बैकिङ पहु“च हुने बताउनु भयो । त्यसका साथै उनीहरुले पाउ“दै आएका विविध सेवाका वारेमा स्पष्ट तंथ्याक सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक पौडेलले बैकिङ सेवाअन्र्तगत एटिएम, शाखारहित सेवा र मोबाइल बैकिङ महत्वपूर्ण रहेकाले सवैले एकै ठाउ“मा सेवा दोहो¥याउन नहुने जिकिर गर्नुभयो । ‘पछिल्लो समयमा शाखा विस्तार गर्दा सहरोन्मुख क्षेत्रमा प्राथमिकता दिन थालिएकाले यसमा पनि सुधार आवश्यक छ’, उहाँले भन्नुभयो, ‘इम्यापिङपछि शहरोन्मुख शहर र ग्रामिण क्षेत्रको अलग्गै पहिचान हुनेछ ।’

स्वरोजगार लघुवित्त विकास बैंकको प्रमुख कार्यकारी अधिकृत उदयराज खतिवडाले एकै स्थानमा मात्रै लघुवित्त सेवा पुग्ने गरेको गुनासो हटाउन इ–म्यापिङ ल्याउन ढिलाइ गर्न नहुने बताउनु भयो । ‘इ–म्यापिङपछि लघुवित्त संस्थाबीच अस्वस्थ्य प्रतिस्पर्धा एक हदसम्म घटेर जानेछ ’, उहाँले भन्नुभयो, ‘ठूला बैंक र लघु वित्तीय संस्थाले गर्ने कार्य र कार्य क्षेत्र समान प्रकृतिको हुन थालेकाले यसलाई सच्याउन राष्ट्र बैंक अग्रसर हुनपर्छ ।’ 

प्रमुख कार्यकारी अधिकृत पौडेलले लघुवित्तको संचालन खर्च घटाउन सरकारी योजना आउनुपर्ने बताउनु भयो । उहाँले सरकारले विभिन्न तरिकाले बजेट खर्च गरी गरिबी घटाउने योजना सार्वजनिक गरेकाले लघुवित्त संस्थास“ग समन्वय गराउने नीति चाहिनेमा जोड दिनुभयो । इ–म्यापिङले १ हजार संख्यालाई समेट्ने भएकाले लघुवित्तको सेवा क्षेत्रलाई विशिष्टिरण गर्न कन्जुस्याईं नगर्न आग्रह गर्नुभयो । 
समिट माइक्रोफाइनान्स बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्रवहादुर वस्नेतले इ–म्यापिङ्पछि लघुवित्त संस्थाको औचित्य झन् बढेर जाने बताउनु भयो । ‘अहिले बैकिङ क्षेत्र शहरी क्षेत्रमा केन्द्रित भइरहेकाले ग्रामिण क्षेत्रका गरिव नागरिक लघुवित्त संस्थामा आकर्षित भइरहेको उहाँले जिकिर गर्नुभयो । ‘इ–म्यापिङपछि वाणिज्य बैंक र लघुवित्त संस्थाको फरकपना झन् स्पष्ट देखिनेछ’, उहाँले भन्नुभयो, ‘यसले लघुवित्तको उपदेयता र औचित्यता झन् बढेर जान्छ ।’ दुर्गम क्षेत्रमा खुलेका लघुवित्तका लागि थप सहुलियत र सुविधा चाहिने भएकाले इ–म्यापिङ् ल्याउ“दा नै यसमा चासो राख्न उहाँले आग्रह गर्नुभयो । ‘इ–म्यापिङ कार्यान्वयनमा आएपछि सहुलियत र सुविधा पाउन नसकिने भएकाले सुरुवातवाटै यस्ता विषयमा ध्यान दिनुपर्छ’, उहाँले भन्नुभयो ।           
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको