Like us!
Follow us!
Connect us!
Watch us!

२७ वर्षीय पुरुष कोरोनालाई जित्दै घर फर्के

अर्थ संसार

शनिबार, १३ बैशाख २०७७, २१ : १० मा प्रकाशित

२७ वर्षीय पुरुष कोरोनालाई जित्दै घर फर्के

अर्थ संसार, चितवन  -कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालको आइसोलेसनमा रहेका एक पुरुषको कोरोना भाइरसको परीक्षणका क्रममा पुनःनेगेटिभ देखिएपछि आज घर पठाइएको छ । अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी २७ वर्षीय पुरुषलाई घर पठाइएको छ ।     
     
 र्यापिट डाइग्नोष्टिक टेष्टका क्रममा राप्ती नगरपालिका–८ की ६३ वर्षीया महिलामा शङ्कास्पद देखिएपछि उहाँसहित उहाँका दुई छोराको पिसिआर परीक्षण गरिएको थियो । पिसिआर परीक्षणका क्रममा आमा र २७ वर्षीय छोरामा कोरोना सङ्क्रमण देखिएको थियो । अर्का छोराको भने रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा राखेर फर्काइएको थियो ।     
     
 सङ्क्रमण देखिएपछि उनीहरुलाई भरतपुर अस्पतालमा राखी उपचार गरिएको थियो । उपचारका क्रममा पुनःपरीक्षण गर्दा उहाँमा सङ्क्रमण नभेटिएपछि २४ घण्टापछि पुनःपरीक्षण गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार दुवै परीक्षणमा सङ्क्रमण नदेखिएपछि आज घर पठाइएको हो । घर पठाइएपछि पनि एक हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।     
     
 आमाको उपचार भइरहेकाले उहाँ अस्पतालकै क्वारेन्टाइनमा बसेर आमाको रेखदेख गर्ने बताइएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिनुभयो । सङ्क्रमितले आफ््नो मनोबल उच्च राखेका कारण छिटो निको भएको उहाँले बताउनुभयो ।     
     
 उहाँहरु गत चैत ३ गते बेलायतबाट हङ्कङ नेपाल हुँदै आएका थिए । काठमाडौँको दुई दिनको बसाइपछि ५ गते चितवन आएका थिए । उनीहरुलाई वैशाख ३ गते र्यापिट डाइग्नोष्टिक टेष्टका क्रममा शङ्कास्पद देखिएपछि अस्पताल ल्याइएको थियो । अस्पताल ल्याएर स्वाब परीक्षणका क्रममा वैशाख ५ गते सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको थियो ।     

यो पनि पढ्नुहोस्

'सरकारले आर्थिक प्याकेज घोषणा गरी व्यवसायी र शेयर लगानीकर्तालाई ढुक्क बनाउन जरुरी छ' 

नेपालीमा कोरोनासँग लड्ने इम्युनिटी पावर बढी छ - डा. रवीन्द्र पाण्डेको २०

तथ्य 

विश्वमा २८ लाख बढी कोरोना संक्रमित, १ लाख ९७ हजारको मृत्यु (कुन देशमा कतिको मृत्यु) 

६२ वर्षीय बृद्धमा देखियो कोरोना संक्रमण      

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको