Like us!
Follow us!
Connect us!
Watch us!

संक्रमितकाे उपचार गर्ने २०० जना स्वास्थ्यकर्मीमा नै काेराेना संक्रमण देखिएपछि........

निशा हुमाँगाई

मंगलबार, १६ बैशाख २०७७, १३ : ५६ मा प्रकाशित

संक्रमितकाे उपचार गर्ने २०० जना स्वास्थ्यकर्मीमा नै काेराेना संक्रमण देखिएपछि........

अर्थ संसार, काठमाडौं - भारतको राजधानी नयाँ दिल्लीमा मात्र कम्तीमा पनि २०० जना चिकित्सकसहितका स्वास्थ्यकर्मी कोराेनाका संक्रमित रहेका छन् ।

नयाँ दिल्लीमा मात्र २०० जना स्वास्थ्यकर्मीमा कोराेनाको संक्रमण भएकाे दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले जानकारी दिएका छन् । दिल्लीमा मात्र कोराेनाका बिरामीको संख्या ३ हजार नाघेको उनले बताए ।

हालसम्म दिल्लीमा ३ हजार १०८ जनामा काेराेना संक्रमण देखिएको छ । उनले भने, " यहाँ सरकारी तथा निजी अस्पताल सबैमा गरेर २०० जना स्वास्थ्यकर्मी कोभिड १९ को बिरामी परेका छन् ।" उनले त्यहाँका अस्पतालहरुमा दिन प्रतिदिन संक्रमित हुने स्वास्थ्यकर्मीहरुको संख्या बढ्ने गरेको समेत बताए ।  

कोभिड १९ का भन्दा अरु अस्पतालका स्वास्थ्यकर्मी बढी संक्रमित

उनले दिएको जानकरी अनुसार कोभिड १९को उपचारका लागि तोकिएका अस्पतालमा भन्दा बाहिरको अस्पतालका स्वास्थ्यकर्मीहरुमा यो संक्रमण देखिएको छ ।

त्यसैगरी, हालसम्म दिल्लीमा २ हजार १७७ काेराेना संक्रमित उपचाररत छन् ।हिजोमात्र दिल्लीमा १९० जना नयाँ संक्रमित थपिएका छन् । काेराेनाले गर्दा त्यहाँ ५४ जनाको ज्यान गएको छ ।  – (रासस/एएनआई)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको