Like us!
Follow us!
Connect us!
Watch us!

काष्ठमण्डप खाद्य उद्योगको गल्तीले भाटभटेनीमाथि कारबाही

निशा हुमाँगाई

मंगलबार, १६ बैशाख २०७७, १५ : २५ मा प्रकाशित

काष्ठमण्डप खाद्य उद्योगको गल्तीले भाटभटेनीमाथि कारबाही

अर्थ संसार, काठमाडौं - नेपाल सरकार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरमार्केटलाई काष्ठमण्डप खाद्य उद्योगले आपूर्ति गरेको २५० ग्रामको मूल्यलाई लिएर  कारबाही गरेको सम्बन्धमा उद्योगले ध्यानाकर्षण गरेको छ ।

उक्त कारबाही प्रकरणमा काष्ठमण्डप खाद्य उद्योग प्रत्यक्ष रूपमा जोडिएको अनिलदास राजकर्णिकारले बताएका छन् । 

काठमाडौं महानगरपालिका वडा नम्बर १२, टेकुमा रहेको काष्ठमण्डप खाद्य उद्योगले भाटभटेनी सुपरमार्केटलाई विगत १० वर्षदेखि नेवार समुदायको लोकप्रिय खानेकुरा लाखमरी, तिलको लड्डु, ऐंठे, रोट, पञ्जाफी, अनरसा लगायतका सामानहरू सप्लाई गर्दै आएको उनले बताए । 

नेवार समुदायमा लोकप्रिय एवं विभिन्न अवसरमा अनिवार्य मानिने परिकार बिक्रीमा राखेर यसका उत्पादकहरूलाई सहयोग गर्दै आएकोमा उद्योगले भाटभटेनी सुपरमार्केटप्रति हार्दिक आभार व्यक्त गरेकाे छ । 

भाटभटेनी सुपरमार्केटमार्फत बिक्री हुने हरेक सामानमा सोको मूल्य उल्लेख हुने र भाटभटेनीले हरेक वस्तुको मूल्य पहिचानका लागि बारकोड प्रयोग गर्ने गरेको छ । उद्योगले सप्लाई गरेको लाखामरीमा पनि बारकोडसहित मूल्यको स्टिकर टाँसिएको छ । 

यस्तो बारकोड र मूल्यको स्टिकर टाँस्ने कार्य मूलतः भाटभटेनी आफैंले गर्ने गरे पनि यसपटक लकडाउनको प्रतिकूल अवस्थामा उक्त बारकोडको स्टिकर टाँस्ने जिम्मा उद्योगलाई नै दिएको थियो । लकडाउनका कारण उद्योगकाे अधिकांश कर्मचारी काममा आउन नसकेको र सीमित तथा बारकोडको विषयमा गहिरो जानकारी नभएका कर्मचारीबाट काम गराउँदा २५० र ५०० ग्रामको प्याकेटमा एउटै मूल्यको बारकोड स्टिकर टाँसिन गएको र सोही वस्तु अनुगमनका क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीले फेला पारेर भाटभटेनीमाथि कारबाही भएको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।   

पछिल्लोपटक यस उद्योगले २०७७ वैशाख १० गते भ्याट बिल नम्बर ८३५ मार्फत आपूर्ति गरेको ५० प्याकेट लाखमरीमा फरक स्टिकर टाँसिएको समेत उद्योगले प्रस्ट पारेकाे छ । 

उद्योगकाे कमजोरीका कारण मुलुककै प्रतिष्ठित व्यापारिक घरानाद्वारा सञ्चालित भाटभटेनी सुपरमार्केट कारबाहीमा परेकोमा उद्योगलाई गहिरो दुःख लागेको बताइएकाे छ । २५० ग्रामको र ५०० ग्रामको लाखामरीमा फरकफरक मूल्यको बारकोड स्टिकर टाँस्नुपर्नेमा एउटै स्टिकर टाँसिएको व्यहोरा अनुगमनमा संलग्न अधिकारीहरूले पनि प्रत्यक्ष देखेकाे विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, यो प्रकरणलाई भाटभटेनीको कमजोरीको रूपमा नभई यस काष्ठमण्डप खाद्य उद्योगको कमजोरीको रूपमा बुझिदिन तथा यो काम गलत नियतले नभई अप्ठेरो परिस्थितिमा सीमित जनशक्तिबाट काम गरेर भए पनि बजारमा उपभोग्य वस्तुको अभाव हुन नदिने भन्ने असल नियतकै क्रममा मानवीय गल्तीले गर्दा हुन गएको रूपमा बुझिदिन उद्योगले आम उपभोक्ता, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, अन्य सरोकारवाला निकाय तथा आमसञ्चारका मध्यमहरूलाई हार्दिक अनुरोध गरेकाे छ ।   

काष्ठमण्डप खाद्य उद्योगले प्रकाशन गरेकाे विज्ञप्ति यस प्रकारकाे छ :

5ea801e32ec1c.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको