Like us!
Follow us!
Connect us!
Watch us!

भेटिएनन् नयाँ संक्रमित, कति भाे परिक्षण ?

निशा हुमाँगाई

विहीबार, १८ बैशाख २०७७, १७ : १२ मा प्रकाशित

भेटिएनन् नयाँ संक्रमित, कति भाे परिक्षण ?

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पछिल्लाे २४ घन्टामा कोरोनाको नयाँ संक्रमित नभेटिएकाे पुष्टि गरेकाे छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा कोरोनाको नयाँ संक्रमित नभेटिएको जानकारी दिएका हुन् ।

त्यसैगरी, हालसम्म ५८ हजार ८ सय ७१ जनाको नमूना परीक्षण भएको उनले बताए । जसमध्ये, १२ हजार ११ जनाको पिसिआर विधिबाट र ४६ हजार ८ सय ६० जनाको र्‍यापिड डाईग्नोस्टिग टेष्ट (आरडिटी विधी) विधिबाट परीक्षण भएकाे डा.देवकाेटाले बताएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा मात्र १ हजार ६ सय ८२ जनाको परीक्षण गरिएकाे हाे । 

यस्तै, उनले हालसम्म २३ हजार ३ सय ३६ जनालाई क्वारेन्टाइनमा राखिएको बताए । साथै, काठमाडौं उपत्यकामा ३ जना र बाहिर ७७ जना गरी कुल ८० जना आइसोलेसनमा रहेका छन् । 

त्यसैगरी, मन्त्रालयलका अनुसार हालसम्म नेपालमा भेटिएका ५७ जना संक्रमितमध्ये १६ जना उपचारपश्चात् निको भई घर फर्केका छन् बाँकी ४१ जना संक्रमितको चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । जसमध्ये कोशी अस्पतालमा ३१ जना, वीरगन्जमा ८ जना, भरतपुर अस्पताल र  धनगढीमा एक एक जना उपचाररत रहेका छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको