Like us!
Follow us!
Connect us!
Watch us!

यस्ताे छ भारतकाे काेराेना अवस्था

निशा हुमाँगाई

शुक्रबार, १९ बैशाख २०७७, १६ : ५३ मा प्रकाशित

यस्ताे छ भारतकाे काेराेना अवस्था

अर्थ संसार, काठमाडौं - भारतमा कोराेना संक्रमितको संख्या ३५ हजार ४३ पुगेको छ । त्यस्तै, भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार १४७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यसैगरी, गएको २४ घन्टायता मात्र भारतमा एक हजार ९९३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् भने ७३ जनाकाे मृत्यु भएकाे छ । भारतमा देखिएका यी संंक्रमितहरूमध्ये ८ हजार ८८८ जना भने उपचारपछि निको भएर फर्किएका मन्त्रालयले जानकारी दिएकाे छ ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको छ । शुक्रबार पनि यो क्रम जारी नै रहेको महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या १० हजार ४९८ जना पुगेको उक्त मन्त्रालय बताएको छ । महाराष्ट्रमा कोरोना भाइरस संक्रमणको कारण ४५९ जनाले ज्यान गुमाएका छन् ।

महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको र यहाँ ४ हजार ३९५ संक्रमित रहेका छन् भने ६१३ जना उपचारपछि घर फर्किएका छन् । गुजरातमा कोराेनाकाे संक्रमणको कारण २१४ जनाको ज्यान गएको छ ।

गुजरातपछि तेस्रो स्थानमा दिल्ली रहेको छ यहाँ ३ हजार ५१५ संक्रमित रहेका छन् भने १ हजार ९४ जना उपचारपछि घर फर्किएका छन् । दिल्लीमा कोराेनाकाे संक्रमणको कारण ५९ जनाको ज्यान गएको छ । - (रासस/एएनआई)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको