Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपतिद्वारा दुवै सदनको अधिवेशन आह्वान

निशा हुमाँगाई

आइतबार, २१ बैशाख २०७७, १६ : १२ मा प्रकाशित

राष्ट्रपतिद्वारा दुवै सदनको अधिवेशन आह्वान

अर्थ संसार, काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरिएकाे छ । आइतबार बसकेो मन्त्रिपरिषद्को निर्णय अनुसार वैशाख २६ गते साे अधिवेशन आह्वान गरिएकाे हाे ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिद्धारा यही वैशाख २६ गते शुक्रबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बैठक बस्ने गरी अधिवेशन आह्वान गरिएको संसद् सचिवालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको