Like us!
Follow us!
Connect us!
Watch us!

मर्यादित भई तथ्यपूर्ण सूचना प्रवाह गर्न राष्ट्रपतिकाे आह्वान

निशा हुमाँगाई

आइतबार, २१ बैशाख २०७७, १८ : ०२ मा प्रकाशित

मर्यादित भई तथ्यपूर्ण सूचना प्रवाह गर्न राष्ट्रपतिकाे आह्वान

अर्थ संसार, काठमाडौं - विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ट्विटर मार्फत सबै सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेकी छिन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा ट्विट गर्दै उनले भयमुक्त पत्रकारितालाई आत्मसात् गर्न आह्वान गरेकी छिन् ।

उनकाे ट्विटमा, "विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सञ्चारकर्मीहरुमा हार्दिक शुभकामना ! यस दिवसले भय र पक्षधरतामुक्त पत्रकारितालाई आत्मसात गर्दै प्रेस जगतलाई मर्यादित र जवाफदेही भई तथ्यपूर्ण सूचना प्रवाहद्वारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा संकल्प पूरा गर्न प्रेरणा दिनेछ भन्ने आशा गरेको छु।" उल्लेख गरिएकाे छ । 

उनकाे ट्विट यस प्रकारकाे छ :

5eaeb68b369f7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको