Like us!
Follow us!
Connect us!
Watch us!

कुन प्रदेशमा कति भयाे परीक्षण ?

निशा हुमाँगाई

आइतबार, २१ बैशाख २०७७, १७ : २३ मा प्रकाशित

कुन प्रदेशमा कति भयाे परीक्षण ?

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको आशंकामा १ हजार ४ सय ७९ जनाको नमूना परीक्षण गरिएकाे जानकारी दिएकाे छ । 

यसैगरी, मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लाे २४ घण्टामा नेपालमा काेराेना भाइरसकाे थप १० जना संक्रमित भेटिएकाे जानकारी दिएका छन् ।

त्यसैगरी, हालसम्म ६३ हजार १ सय २ जनाको नमूना परीक्षण भएको उनले बताए । जसमध्ये, १३ हजार ४ सय १४ जनाको पिसिआर विधिबाट र ४९ हजार ६ सय ८८ जनाको र्‍यापिड डाईग्नोस्टिग टेष्ट (आरडिटी विधी) विधिबाट परीक्षण भएकाे डा.देवकाेटाले बताएका छन् । 

प्रदेश १ मा ५ हजार ४ सय ९९, प्रदेश २ मा ५ हजार ७ सय ९, बाग्मतीमा ८ हजार ५ सय १५, गण्डकीमा ५ हजार ८ सय ३४, प्रदेश ५ मा ४ हजार ४ सय ९२, कर्णालीमा ५ हजार ५ सय ६७ र सुदूरपश्चिममा १५ हजार ७२ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

यस्तै, उनले हालसम्म २१ हजार ९ सय ५१ जनालाई क्वारेन्टाइनमा राखिएको बताए । साथै, काठमाडौं उपत्यकामा ४ जना र बाहिर ७३ जना गरी कुल ७७ जना आइसोलेसनमा रहेका छन् । 

त्यसैगरी, मन्त्रालयलका अनुसार हालसम्म नेपालमा भेटिएका ६९ जना संक्रमितमध्ये १६ जना उपचारपश्चात् निको भई घर फर्केका छन् बाँकी संक्रमितको चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको