अर्थ संसार, काठमाडौं - ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा प्रकाश विक्रम खत्री नियुक्त भएका छन् ।
कम्पनीकाे आज (आइतबार) बसेको सञ्चालक समितिको बैठकले कार्यकारी उपप्रमुख रहेका खत्रीलाई आजै अर्थात वैशाख २१ गतेदेखि लागु हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
त्यसैगरी, बीमा समितिले गत शुक्रबार खत्रीलाई सीइओ नियुक्ती गर्नको लागि स्वीकृति दिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस