Like us!
Follow us!
Connect us!
Watch us!

पञ्चकन्या स्टिलद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

निशा हुमाँगाई

आइतबार, २१ बैशाख २०७७, १८ : ३५ मा प्रकाशित

पञ्चकन्या स्टिलद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

अर्थ संसार, काठमाडौं - नेपालकाे प्रतिष्ठित औद्योगिक घराना पञ्चकन्या समूह अन्तर्गतकाे पञ्चकन्या स्टिलकाे उपत्यकाका डिलरहरूद्वारा ३ अस्पतालहरूलाई स्वास्थ सामाग्री हस्तान्तरण गरिएकाे छ ।

उपत्यका स्थित विभिन्न डिलरहरूद्वारा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान-पाटन अस्पताल, त्रि.वि. शिक्षण अस्पताल-महाराजगन्ज र धुलिखेल अस्पताल- धुलिखेललाई सर्जिकल माक्स, पि.पि.ई. सेट, स्वास्थ्य स्वब बुथ सेट लगायतका स्वास्थ सामाग्रीहरू आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएकाे हाे ।

त्यस्तै, उक्त स्वास्थ्य सामाग्रीहरू ३ वटा अस्पतालका आ-आफ्ना प्रतिनिधिहरूकाे उपस्थितिमा पञ्चकन्या समूहका निर्देशक उदिप श्रेष्ठ, पञ्चकन्या स्टिलका उपत्यकाका विभिन्न डिलरका सञ्चालकहरू र तिनका प्रतिनिधिहरूले हस्तान्तरण गरिएकाे समूहले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको