अर्थ संसार, काठमाडौं – मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १२ करोड ८ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा १५ दशमलव ४३ प्रतिशत धेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले १० करोड ४६ लाख ५५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।
यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले २० करोड ३८ लाख ४९ हजार रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ३ दशमलव २७ प्रतिशत धेरै हाे ।
त्यस्तै, बैंककाे प्रतिशेयर आम्दानी २३ रुपैयाँ २३ पैसा रहेकाे छ । बैंककाे प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ९६ पैसा रहेकाे छ ।
त्यसैगरी, तेस्रो त्रैमाससम्ममा बैंकले सञ्चालन नाफा १५.४३ प्रतिशतले बढाएर १७ करोड २५ लाख ८९ हजार रुपैयाँ पुर्याएकाे छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस