Like us!
Follow us!
Connect us!
Watch us!

यस्ताे आयाे सामुदायिक लघुवित्तकाे तेश्राे त्रैमासकाे वित्तीय विवरण (सूचीसहित)

निशा हुमाँगाई

शुक्रबार, २६ बैशाख २०७७, १२ : ५७ मा प्रकाशित

यस्ताे आयाे सामुदायिक लघुवित्तकाे तेश्राे त्रैमासकाे वित्तीय विवरण (सूचीसहित)

अर्थ संसार काठमाडाैं - सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा १५.०८ प्रतिशत अर्थात २७ लाख ८ हजार रुपैयाँले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ६ करोड ३३ लाख रूपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षकाे तुलनामा १८ प्रतिशत धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ५ करोड ३६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो । 

यस्तै, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे सञ्चालन मुनाफा पनि  १२.२७ प्रतिशतले बढेर ३ करोड १६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन मुनाफा २ करोड ८२ लाख रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी १० करोड रुपैयाँ, जगेडा कोषमा ९ करोड ३२ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी २७ रुपैयाँ ५५ पैसा र प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ २२ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5eb50920afc78.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको