Like us!
Follow us!
Connect us!
Watch us!

काेराेनालाई जितेर फर्किए थप ८ जना संक्रमित

निशा हुमाँगाई

शुक्रबार, २६ बैशाख २०७७, १२ : २२ मा प्रकाशित

अर्थ संसार काठमाडाैं - नेपालमा थप ८ जना काेराेना भाइरसका संक्रमित निकाे भएर घर फर्किएका छन् । 

विराटनगरस्थित कोसी अस्पतालको (कोभिड - १९ उपचार केन्द्र) को आइसोलेसनमा रहेका उदयपुर भुल्केका ८ जना संक्रमित डिस्चार्ज भएका हुन् ।

एकजना भारतीयसहित सात जना नेपालीलाई  डिस्चार्ज गरिएको विराटनगर कोभिड अस्पतालका चिकित्सक दीपक सिग्देलले जानकारी दिएका छन् ।उनीहरुको सोमबारदेखि लगातार तीन पटक गरेको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि शुक्रबार डिस्चार्ज गरिएको हो। 

यसैगरी, कोरोना भाइरसबाट मुक्त ७ पुरुषलाई विराटनगरकै रानी मर्कट मदरसामा राख्ने तयारी गरिएको छ भने एक महिलालाई उदयपुर नै पठाउने तयारी गरिएको छ ।

त्यस्तै, यसअघि प्रदेश १ मा सबभन्दा पहिले संक्रमण पुष्टि भएका १३ जनामध्ये ६ जना संक्रमित निकाे भएर घर फर्किएका थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको