Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना परीक्षणको लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन, के आउला रिपाेर्ट ?

निशा हुमाँगाई

शुक्रबार, २६ बैशाख २०७७, १५ : १३ मा प्रकाशित

अर्थ संसार काठमाडाैं - कोरोना भाइरस संक्रमण परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ ।

आज (शुक्रबार) मध्याह्नमा चिकित्सकको टोली बालुवाटार पुगेर प्रधानमन्त्रीको थ्रोड स्वाब संकलन गरिएको मेडिकल ल्याबराेरेटरी एसोसिएसन अफ नेपाल (मेलान) का संस्थापक अध्यक्ष एवं संरक्षक कृष्ण प्रसाद रिजालले जानकारी दिएका छन् । अहिले ४ बजेसम्ममा उक्त रिपोर्ट आउने छ ।

त्यसैगरी, कोरोनाको कारण लामो समयदेखि रोकिएको संसद बैठक तथा बजेट अधिवेशन आज अपरान्ह ४ बजे शुरु हुँदैछ । उक्त बैठकमा उपस्थित हुने प्रत्येक सांसदले कोराना परीक्षणको रिपोर्ट अनिवार्य रूपमा देखाउनुपर्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको