Like us!
Follow us!
Connect us!
Watch us!

घट्याे सगरमाथा इन्स्योरेन्सकाे बिमा शुल्क, कस्ता छन् अरू सूचक ?

निशा हुमाँगाई

शुक्रबार, २६ बैशाख २०७७, १४ : ०१ मा प्रकाशित

घट्याे सगरमाथा इन्स्योरेन्सकाे बिमा शुल्क, कस्ता छन् अरू सूचक ?

अर्थ संसार काठमाडाैं -  सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले तेश्रो त्रैमाससम्म आइपुग्दा १७ करोड ४१ लाख ३० हजार रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा १.२८ प्रतिशत अर्थात २२ लाख १७ हजार धेरै हाे । गत वर्षको यहि अवधीमा कम्पनीले १७ करोड १९ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, तेश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीकाे खुद बिमा शुल्क ११.०६ प्रतिशतले घटेर ७४ करोड ३६ लाख १४ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष कम्पनीले ८३ करोड ६१ लाख २५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब १२ लाख रुपैयाँ, जगेडा कोषमा ३४ करोड ४७ लाख रुपैयाँ र बीमा कोषमा ६२ करोड १३ लाख रुपैयाँ रहेकाे छ । त्यसैगरी, कम्पनीकाे प्रतिशेयर आम्दानी २३ रुपैयाँ २९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०७ रुपैयाँ ६५ पैसा रहेको छ ।

कम्पनी​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5eb5157472d8d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको