Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनमा सेवा सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंककाे यस्ताे आह्वान

निशा हुमाँगाई

शुक्रबार, २६ बैशाख २०७७, १६ : २१ मा प्रकाशित

लकडाउनमा सेवा सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंककाे यस्ताे आह्वान

अर्थ संसार काठमाडाैं - नेपाल राष्ट्र बैंकले एक तिहाई कर्मचारीद्वारा बैंक तथा वित्तीय संस्थाहरूले सेवा सञ्चालन गर्ने सम्बन्धमा नयाँ सूचना जारी गरेकाे छ । 

सरकारले वैशाख २६ गतेदेखि एक तिहाई कर्मचारी राखेर बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न निर्देशन दिएसँगै केन्द्रीय बैंकले सूचना जारी गरेको हो । 

 राष्ट्र बैंकले सकेसम्म कम कर्मचारीलाई काममा प्रयोग गर्न आह्वान गरेकाे छ । साथै, बैंकले सिफ्ट बनाएर काम गर्न र मिलेसम्मको काम घरबाट गर्न समेत आग्रह गरेकाे छ । बैंकिङ्ग सेवा सुचारु गर्न बैंकका प्रधान कार्यालयले कुल सवारी साधनमध्ये बढीमा २५ प्रतिशत सम्म चलाउन अनुमति दिनुपर्नेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5eb537960c996.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको