Like us!
Follow us!
Connect us!
Watch us!

महामारीका बिच इरानमा भूकम्प

निशा हुमाँगाई

शुक्रबार, २६ बैशाख २०७७, १५ : ३० मा प्रकाशित

अर्थ संसार, काठमाडाैं – काेराेना भाइरसकाे महामारीकाे बिच इरानको उत्तरी क्षेत्रमा ५.१ म्याग्नीच्यूडको भूकम्प गएकाे छ । 

भूकम्पका कारण एक जनाको मृत्यु हुनुका साथै अरु धेरै व्यक्ति घाइते भएका छन् ।

इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुश जहानपुरले भूकम्पबाट इरानको राजधानी तेहरानको पूर्वी क्षेत्रमा भागदौडका क्रममा एक जनाको ज्यान गएको बताएका छन् ।

अमेरिकी भूगर्भ मापन केन्द्रका अनुसार राजधानी तेहरानको उत्तरतर्फको डामावन्दलाई केन्द्रविन्दु बनाएर आएको भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराईमा रहेको थियो ।

जनधनको क्षतिको विवरण संकलनका लागि स्थानीय प्रशासन र सुरक्षा निकायलाई परिचालन गरिएको इरानी गृह मन्त्रालयले जनाएको छ । - (रासस/एएनआई)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको