Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से आइतबारदेखि खुल्ने, कहिलेबाट हुन्छ काराेबार ?

निशा हुमाँगाई

शुक्रबार, २६ बैशाख २०७७, १६ : ५८ मा प्रकाशित

नेप्से आइतबारदेखि खुल्ने, कहिलेबाट हुन्छ काराेबार ?

अर्थ संसार काठमाडाैं - लामो समयदेखि बन्द भएकाे शेयर काराेबार मंगलबारबाट खुल्ने भएकाे छ । 

सरकारले बैंक तथा वित्तीय संस्थाहरु, बिमा, धितोपत्र, तथा सरकारी संस्थाहरू अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाई कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्देशन दिएकाे छ । 

यसैगरी, नेपाल धितोपत्र बोर्डले पनि नेप्सेलाई आइतबार (वैशाख २८ गतेदेखि)  नियमित कार्य थाल्न निर्देशन दिएको छ । तर, दोस्रो बजारमा भने मंगलबार (वैशाख ३० गते) देखि मात्र कारोबार गर्न बोर्डले निर्देशन दिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिएका छन् । बोर्डले सकेसम्म अनलाइनबाट कारोबार गराउन समेत निर्देशन दिएकाे छ ।

प्राविधिक पक्ष मिलाउनु पर्ने भएकाले नेप्से आइतबारबाट खुले पनि काराेबार भने मंगलबारबाट मात्र खुल्ला गरिने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले बताएका छन् । यस्तै, बिहान ११ बजेदेखि १ बजेसम्म दैनिक २ घन्टा मात्र काराेबार हुने उनले बताए । 

त्यसैगरी, बजारमा उच्च चलखेल हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै कारोबार अवधिभर २ प्रतिशतको सर्किट ब्रेकरको व्यवस्था गरिने भएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको