Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा थप १ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितकाे संख्या १०२ पुग्याे

निशा हुमाँगाई

शुक्रबार, २६ बैशाख २०७७, १७ : २१ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएकाे जानकारी दिएकाे छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगन्जको भेरी अस्पतालमा गरिएको कोरोना परीक्षणमा एक १६ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् । 

भेरी प्रादेशिक अस्पतालको ल्याबमा परीक्षण गर्दा १ जनामा संक्रमण पोजेटिभ देखिएको हो । यो सँगै नेपालमगञ्जमा मात्र कोरोना संक्रमितको संख्या २४ पुगेको छ । पहिले देखिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप संक्रमित फेला परेको उनले बताए ।

त्यस्तै, हालसम्म नेपालमा कोराना संक्रमितको संख्या १०२ जना पुगेको छ । जसमध्ये ७४ पुरुष र २८ जना महिला रहेका छन् । हालसम्म नेपालमा ३० जना संक्रमित निकाे भएर घर फर्किएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको