Like us!
Follow us!
Connect us!
Watch us!

घट्याे सनराइज बैंककाे नाफा कस्ता छन् अरू सूचक ?

निशा हुमाँगाई

मंगलबार, ३० बैशाख २०७७, १४ : ४५ मा प्रकाशित

घट्याे सनराइज बैंककाे नाफा कस्ता छन् अरू सूचक ?

अर्थ संसार, काठमाडौं – सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार गत वर्षकाे तुलनामा बैंककाे खुद नाफा घटेकाे छ । 

तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ९३ करोड ५२ लाख ८३ हजार रुपैयाँमा सीमित भएको छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा  २३.७१ प्रतिशत अर्थात २९ करोड ८ लाख रूपैयाँले थाेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले १ अर्ब २२ करोड ६० लाख रूपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले  २ अर्ब ९९ करोड ४३ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा १३.२६ प्रतिशत अर्थात ३५ करोड ६ लाख रूपैयाँले धेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले २ अर्ब ६४ करोड ३७ लाख ९२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियाे । 

त्यसैगरी, तेस्रो त्रैमाससम्ममा बैंककाे सञ्चालन नाफा २३.८९ प्रतिशत अर्थात ४१ करोड ९१ लाख रुपैयाँले घटेर १ अर्ब ३३ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यसै अवधीमा बैंकले १ अर्ब ७५ करोड ३७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

त्यस्तै, बैंककाे प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९१ पैसा, प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ९९ पैसा, चुक्ता पूँजी ८ अर्ब ९६ करोड ७८ लाख  रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ५३ करोड ९३ लाख रुपैयाँ रहेको छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5eba691678d11.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको