Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ कम्पनीकाे शेयरमूल्य समायाेजन

निशा हुमाँगाई

मंगलबार, ३० बैशाख २०७७, ११ : ५४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (वैशाख ३० गते,मंगलबार) तीन कम्पनीकाे शेयर मूल्य समायाेजन भएकाे छ ।

सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेड, जनउत्थान  सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे हाे । 

सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडकाे ६ प्रतिशत बाेनस शेयरपछि नेप्सेले प्रतिकित्ता १०८ रुपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको छ ।

यस्तै, जनउत्थान  सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २५ प्रतिशत बाेनस शेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ५ सय १२ रुपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको छ ।

त्यसैगरी, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे ४ प्रतिशत बाेनस शेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय २२ रुपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको