Like us!
Follow us!
Connect us!
Watch us!

कपिलवस्तुमा स्टाफ नर्सलाई काेराेना संक्रमण पुष्टि

निशा हुमाँगाई

मंगलबार, ३० बैशाख २०७७, १८ : २६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं – कपिलवस्तु जिल्ला अस्पताल तौलिहवामा कार्यरत २५ वर्षकी स्टाफ नर्सलाई काेराेना संक्रमण पुष्टि भएकाे छ । कपिलवस्तुमा आज थपिएका आठ जना संक्रमितमध्ये उनी पनि रहेकाे कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिएका छन् । 

उनमा संक्रमण देखिएसँगै अस्पतालका अरू कर्मचारीहरूको पनि परीक्षण गर्ने तयारी भइरहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बताएका छन् । 

त्यसैगरी, नर्समा संक्रमण देखिएपश्चात कपिलवस्तुको अवस्था झनै जटिल बन्दै गएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको