Like us!
Follow us!
Connect us!
Watch us!

सहयोगी विकास बैंककाे नाफा बढ्दा कस्ता छन् अरू सूचक ?

निशा हुमाँगाई

बुधबार, ३१ बैशाख २०७७, ११ : ०७ मा प्रकाशित

सहयोगी विकास बैंककाे नाफा बढ्दा कस्ता छन् अरू सूचक ?

अर्थ संसार, काठमाडौं – सहयोगी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ९ करोड २२ लाख ८२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा १ करोड ८१ लाख रुपैयाँले धेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले ७ करोड ४१ लाख ४० हजार रूपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

त्यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १८ करोड ५४ लाख ९६ हजार रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज आम्दानी गत वर्षकाे तुलनामा २ करोड ५२ लाख रुपैयाँले धेरै हो । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले १६ करोड २ लाख ४० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

यसैगरी, चैत्र मसान्तसम्ममा बैंककाे सञ्चालन नाफा २ करोड ५० लाख रुपैयाँले बढेर १३ करोड १८ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, बैंककाे प्रतिशेयर आम्दानी २४ रुपैयाँ १४ पैसा, प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ ५३ पैसा, चुक्ता पूँजी ५० करोड ९६ लाख रूपैयाँ र जगेडा कोषमा १२ करोड २५ लाख रुपैयाँ रहेको छ ।  

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5ebb87b408e69.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको