Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको कति छ नाफा ?

निशा हुमाँगाई

बुधबार, ३१ बैशाख २०७७, ११ : ५१ मा प्रकाशित

लुम्बिनी विकास बैंकको कति छ नाफा ?

अर्थ संसार, काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ४३ करोड ७६ लाख २३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ६ करोड २१ लाख रूपैयाँले धेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले ३७ करोड ५४ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

त्यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ९० करोड १४ लाख १ हजार रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज आम्दानी गत वर्षकाे तुलनामा ११ करोड ३५ लाख रुपैयाँले धेरै हो । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले ७८ करोड ७८ लाख ५५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

यसैगरी, चैत्र मसान्तसम्ममा बैंककाे सञ्चालन नाफा ११ करोड २५ लाख रुपैयाँले बढेर ६२ करोड ५६ लाख  रूपैयाँ पुगेको छ । गत वर्षकाे यसै अवधि सम्ममा बैंककाे सञ्चालन नाफा ५१ करोड ३० लाख ४१ हजार रूपैयाँ रहेकाे थियाे ।

यस्तै, बैंककाे प्रतिशेयर आम्दानी १६ रुपैयाँ ६२ पैसा, चुक्ता पूँजी २ अर्ब ७१ करोड ६३ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ रहेको छ ।  

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

 

 

5ebb9adf3a4ef.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको