Like us!
Follow us!
Connect us!
Watch us!

निको भइन् चितवनकी कोरोना संक्रमित

निशा हुमाँगाई

बुधबार, ३१ बैशाख २०७७, १३ : ४० मा प्रकाशित

निको भइन् चितवनकी कोरोना संक्रमित

अर्थ संसार काठमाडाैं - काेराेना संक्रमण भएकाे चितवनकी ६३ वर्षीया महिला पनि कोरोना भाइरसलाई जितेर घर फर्किएकी छिन् । 

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालमा उपचाररत उनको पछिल्लो २ पटकको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिएका छन् । 

यसैगरी, राप्ती नगरपालिका– ८ की ती महिलाका २७ वर्षीय छोरा पनि निको भइ केही समयअघि डिस्चार्ज भएका थिए । डिस्चार्ज भएका दुबै आमाछोराको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जनाइएको छ ।

त्यस्तै, याे सँगै नेपालमा काेराेना संक्रमणबाट निकाे हुनेकाे संख्या ३५ पुगेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको