Like us!
Follow us!
Connect us!
Watch us!

बढ्याे आईएमई जनरल इन्स्योरेन्सकाे नाफा, कस्ता छन् अरू सूचक ?

निशा हुमाँगाई

बुधबार, ३१ बैशाख २०७७, १६ : २८ मा प्रकाशित

बढ्याे आईएमई जनरल इन्स्योरेन्सकाे नाफा, कस्ता छन् अरू सूचक ?

अर्थ संसार काठमाडाैं - आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले तेश्रो त्रैमाससम्म आइपुग्दा १० करोड ७३ लाख रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ७.३५ प्रतिशत अर्थात ८३ लाख ५१ हजार रुपैयाँले धेरै हाे । गत वर्षको यहि अवधीमा कम्पनीले १० करोड २ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, तेश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३६ करोड २७ लाख रुपैयाँ मात्र खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ८.२१ प्रतिशत अर्थात २ करोड २४ लाख रुपैयाँले थाेरै हाे । गत वर्ष कम्पनीले ३९ करोड ५१ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ, जगेडा कोषमा २१ करोड ९४ लाख रुपैयाँ र बीमाकोषमा ३० करोड ४७ लाख रुपैयाँ रहेकाे छ । त्यसैगरी, कम्पनीकाे प्रतिशेयर आम्दानी वार्षिक १४ रुपैयाँ ०२ पैसा र प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ३६ पैसा रहेकाे छ । 

कम्पनी​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5ebbd00f8ca5e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको