अर्थ संसार काठमाडाैं - राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार कम्पनीले तेश्रो त्रैमाससम्म आइपुग्दा ५३ करोड ४३ लाख रूपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ८.६२ प्रतिशत अर्थात ५ करोड ४ लाख रुपैयाँले थाेरै हाे । गत वर्षको यहि अवधीमा कम्पनीले ५८ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।
यसैगरी, तेश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १७ करोड ४७ लाख रुपैयाँ मात्र खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा १२ करोड ८६ लाख रुपैयाँले थाेरै हाे । गत वर्ष कम्पनीले ३० करोड ३३ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।
कम्पनीकाे बिमा कोषको आकार भने ३३.६३ प्रतिशतले बढेर २ अर्ब १९ करोड ७९ लाख २८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बिमा कोषमा १ अर्ब ६४ करोड रुपैयाँ रहेकाे थियो ।
त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ र जगेडा कोषमा २ अर्ब ९१ करोड ६२ लाख रुपैयाँ रहेकाे छ । त्यसैगरी, कम्पनीकाे वार्षिक प्रतिशेयर आम्दानी २६७ रुपैयाँ २२ पैसा र प्रतिशेयर नेटवर्थ १ हजार १९३ रुपैयाँ ७१ पैसा रहेकाे छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस