अर्थ संसार काठमाडाैं - मुक्तिनाथ क्यापिटल लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा कविन्द्र विक्रम ध्वज जाेशी नियुक्त भएका छन् ।
उनले आज (बिहीबार) कम्पनीका अध्यक्ष सीताराम काफ्लेबाट सपथ लिइ पदभार ग्रहण गरेका हुन् । एनआइबिएल एस क्यापिटलका महाप्रबन्धककाे रूपमा कार्यरत मर्चेन्ट बैंकिङ्गमा २ दशक भन्दा बढी बिताइसकेका छन् । उनी मर्चेन्ट बैंकिङ्गकाे क्षेत्रमा दखल व्यक्तिका रूपमा चिनिन्छन् ।
त्यसैगरी, मुक्तिनाथ विकास बैंककाे सहायक कम्पनीकाे रूपमा स्थापित मुक्तिनाथ क्यापिटल लिमिटेडले DMAT, PMS, Share Register, Issue Management, Under Writing, Advisory गरि मर्चेन्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण कार्यहरू गर्दै आएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस