Like us!
Follow us!
Connect us!
Watch us!

नेपालकाे कुन प्रदेशमा कति छन् संक्रमित ?

निशा हुमाँगाई

शुक्रबार, ०२ जेठ २०७७, १७ : १० मा प्रकाशित

नेपालकाे कुन प्रदेशमा कति छन् संक्रमित ?

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप एक जना काेराेना संक्रमित निकाे भएर घर फर्किएकाे जानकारी दिएकाे छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको संक्रमण देखिएपछि कोशी अस्पताल भर्ना भएका उदयपुरका २५ वर्षीय पुरुष निको भएसँगै शुक्रबार डिस्चार्ज भएकाे जानकारी दिएका हुन् । 

यसैगरी, हालसम्म कोरोनाको आशंकामा ८६ हजार ९ सय ९९ जनाको कोरोना परीक्षण भएको जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा मात्र १ हजार २ सय ५० जनाको नमूना परीक्षण भएकाे हाे । जसमध्ये, २३ हजार ८ सय १४ जनाको पिसिआर विधिबाट र ६३ हजार ८५ जनाको र्‍यापिड डाईग्नोस्टिग टेष्ट (आरडिटी) विधिबाट परीक्षण भएकाे डा.देवकाेटाले बताएका छन् । 

यस्तै, उनले मुलुकभर हाल १५ हजार ६ सय ८३ जनालाई क्वारेन्टाइनमा राखिएको बताए । साथै, काठमाडौं उपत्यकामा २७ र बाहिर २ सय ४० गरी कुल २ सय ६७ जना आईसोलेसनमा रहेका छन् ।

त्यसैगरी, मन्त्रालयलका अनुसार हालसम्म नेपालमा भेटिएका २ सय ५८ संक्रमितमध्ये हालसम्म ३६ जना उपचारपश्चात् निको भई घर फर्केका छन् भने बाँकी २ सय २२ जना संक्रमितको विभिन्न अस्पतालमा चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । नेपालमा भेटिएका संक्रमितमध्ये प्रदेश १ मा ३५, प्रदेश २ मा १ सय, बागमतीमा १३, गण्डकीमा ३, प्रदेश ५ मा १ सय २ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको