Like us!
Follow us!
Connect us!
Watch us!

श्रममन्त्री रामेश्वर राय यादवलाई हृदयघात

निशा हुमाँगाई

आइतबार, ०४ जेठ २०७७, १५ : ३७ मा प्रकाशित

श्रममन्त्री रामेश्वर राय यादवलाई हृदयघात

अर्थ संसार, काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई हृदयघात भएको छ । हृदयघात भएपछि मन्त्री यादवलाई शहीद गंगालाल हृदयरोग केन्द्र, बाँसबारीमा भर्ना गरिएको छ ।

उनलाई हृदयघातको अति सामान्य र माइल अट्याक भएको चिकित्सकहरुले प्रारम्भिक अनुमान गरेका छन् । मन्त्री यादवलाई आइतबार बिहान निवासबाट मन्त्रालय जाने तयारी हुँदा श्वासप्रश्वासमा केही समस्या देखिएको थियो । उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो ।

हाल उनको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको