Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट भारतमा एक नेपालीको मृत्यु

निशा हुमाँगाई

मंगलबार, १३ जेठ २०७७, १० : ५९ मा प्रकाशित

कोरोना संक्रमणबाट भारतमा एक नेपालीको मृत्यु

अर्थ संसार काठमाडाैं - कोरोना भाइरसको संक्रमणबाट भारतमा एक नेपालीको मृत्यु भएकाे छ । भारतको मुम्बइमा स्याङजाका ५० वर्षीय कोषबहादुर विकको मृत्यु भएकाे हाे । 

यसैगरी, हाल उनका पत्नी सावित्रा विक पनि अस्पतालमा उपचाररत छन् । उनको ६ दिनअघि मुम्बइस्थित परेलमाको केएम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको अन्तिम संस्कार भने आइतबार नै  गरिएको मृतकका भाइ कुलबहादुर विकले जानकारी दिएका छन् ।  

विकलाई २० दिनअघि कोरोना भाइरसे संक्रमण देखिएको थियो । अस्पतालमा भर्ना भएको १४ दिनमा उनको मृत्यु भएको पनि भाइ विकले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको