अर्थ संसार, काठमाडौं - बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाराको पचरौता नगरपालिकाको पिपरपाती माविको क्वारेन्टाइनमा रहेका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवल किशोर यादवले जानकारी दिएका छन् । संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत रहेकाे पनि उनले बताए ।
याे सँगै बारा जिल्लामा कूल संक्रमितको संख्या ४१ जना पुगेको छ भने दुई जना उपचारपछि निको भएर घर फर्किएका छन् । यहाँ एक जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ ।
त्यस्तै, सैनिकहरूकाे उमेर ३५ र ३६ वर्ष रहेको छ भने क्वारेन्टाइमा रहेका तीन जना संक्रमितको उमेर क्रमश १९, ३० र ३५ वर्ष रहेकाे छ । अहिले उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको पनि यादवले जानकारी दिएका छन् ।
यसअघि पनि आजै सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस