Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक कार्यमा सनराइज बैंक,श्वेता श्री फाउंडेशनलाई आर्थिक सहयोग

अर्थ संसार

शुक्रबार, १९ असार २०७७, १४ : ०८ मा प्रकाशित

सामाजिक कार्यमा सनराइज बैंक,श्वेता श्री फाउंडेशनलाई  आर्थिक सहयोग

अर्थ संसार, काठमाडौं–सन्राइज बैंक लिमिटेडले सिन्धुपाल्चोकको भुकम्प पिडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको श्वेता श्री फाउंडेशनलाई रु ५ लाख सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त परोपकारी फाउंडेशनलाई सहयोग गरेको हो । 

शुक्रबार एक कार्यक्रमको बिच बैंकका प्रमुख कार्यकारी अधिकृत  जनकशर्मा पौड्यालले श्वेता श्री फाउंडेशनलाई चेक हस्तान्तरण गर्नु हुदैं फाउंडेशनले गरेको कामको प्रशंसा गर्नुभयो ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड १९को कठिन घडिमा पनि यस्ता कार्य गर्दै आएको छ ।
आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरु गरिरहने जनाउनु भएको छ । यस्तै नायिका श्वेता खड्काले फाउंडेशनलाई विश्वास गरेकोमा सन्राइज बैंक प्रति कृतज्ञता जनाउनुभयो ।

सो फाउंडेशनले स्वर्गिय नायक श्री कृष्ण श्रेष्ठको सम्झनामा वि.सं २०७३ फाल्गुन १५देखि सिन्धुपाल्चोकको माझी बस्तीमा कुल ५३आधुनिक र सुविधा सम्पन्न घरहरु निमार्ण गर्दै आएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको