अर्थ संसार
काठमाडौँ– त्रिशुली गल्छी जलविद्युत् आयोजनाले मुलुकको विद्युत् क्षेत्रको विकासमा महत्वपूर्ण योगदान त गर्ने नै छ , त्यसको अलावा सो आयोजनाले बहुउद्देश्यिय फाइदा पनि गर्ने छ ।
त्रिशुली नदी आफैमा धेरै बालुवा बोकेर बग्ने नदी हो । आयोजना राजधानीबाट नजिक हुनुको फाइदा र त्यसले नेपाली अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभाव अन्य आयोजनाको तुलनामा बढी नै हुनेछ ।
आयोजनाको बाँधका कारण जम्मा हुने बालुवा, ढुंगा, माटो तथा गिटीबाट आयोजनाले मात्रै नभइ स्थानीयबासीले समेत ठूलो आर्थिक लाभ हासिल गर्नेछन् ।
त्यसबाट उपार्जन हुने आर्थिक स्रोतलाई मुलुक विकासको अभियानमा समेत जोडन सकिन्छ । माटो बालुवा, ढुंगाले दिने आर्थिक लाभले आयोजनाको बहुउद्देश्यिता कति बढी फाइदाजनक छ भन्ने स्पष्ट पार्दछ ।
वाटर किंगडम बनेपछि पर्यटकीय क्षेत्र बन्छ
आयोजनाको कारण बाँधक्षेत्र रातमाटेमा मनोरम ताल बन्नेछ । सो ताल राजधानी नजिकको सबैभन्दा राम्रो र मनोरम ताल बन्नेछ । त्यो लात पर्यटकीय गन्तव्यको रुपमा विकास हुनेछ ।
आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लाग्नेछ । पानी जीवन हो भन्ने कुराको खास अनुभव हुनेछ । बाल बच्चा केटाकेटीलाई पनि आयोजनाको बाँधले असाध्यै रमाइलो बनाउनेछ । नेपालको हकमा आयोजनाको ताल मनोरम मात्रै होइन असाध्यै सुन्दर नगरि समेत बन्नेछ ।
राजधानीबाट नजिक र राजमार्गसँग जोडिएका कारण आयोजनाले आर्थिक समृद्धिको ढोका खोल्नेछ । माछा पालन गर्न सकिन्छ, त्यसबाट आर्थिक लाभ गर्न सकिन्छ । वाटर पार्क बनाउन सकिन्छ ।
स्थानीय क्षेत्रमा होटल रेष्टुरा, तथा गेष्ट हाउसहरु निर्माण हुनेछन्। पर्यटकीय गतिविधि बढ्नेछ । आयोजनाले विद्युत् उत्पादनको अलावा दिने फाइदा कति हो कति बढी हुने अपि पावरका म्यानेजिङ डाइरेक्टर सञ्जिव न्यौपानेको भनाइ छ ।
आयोजना बन्ने भएपछि स्थानीय क्षेत्रमा समेत खुसीयाली छाएको छ । स्थानीयबासीले आयोजनालाई हर प्रकारको सहयोग गर्ने जनाएका छन् । आयोजनामा स्थानीयबासीको समेत १० प्रतिशत स्ेयर रहने भएकाले उनीहरुले अपनत्वको महसुस गर्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस