Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकले सुरु गर्याे जोरपाटी शाखाबाट राजश्व संकलन सेवा

अर्थ संसार

मंगलबार, ०२ भदौ २०७७, १५ : ३९ मा प्रकाशित

प्रभु बैंकले सुरु गर्याे जोरपाटी शाखाबाट राजश्व संकलन सेवा

अर्थ संसार, काठमाडौं– प्रभु बैंक लिमिटेडले आन्तरीक राजश्व संकलन सेवा सुचारु गरेको छ । बैंकले जोरपाटी शाखाबाट यहि सोमबारबाट राजश्व संकलन सेवा सुरु गरिएको हो । 

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले आन्तरीक राजश्व कार्यालय जोरपाटीको राजश्व संकलन गरेर आफ्नो सेवा विस्तार गर्न सफल  भएको छ । 

बैंकबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीय बासी तथा सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

प्रभु बैंकले देशभरमा २०८ वटा शाखा कार्यालय, १७३ वटा ATM,५२ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवामार्पत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको