Like us!
Follow us!
Connect us!
Watch us!

पूर्व घोषित जलविद्युत् अनुदान कार्ययोजना कार्यान्वयनमा आएन,ऊर्जा उद्यमी आक्रोशित

बुधबार, ३० चैत्र २०७३, १६ : ५६ मा प्रकाशित

पूर्व घोषित जलविद्युत् अनुदान कार्ययोजना कार्यान्वयनमा आएन,ऊर्जा उद्यमी आक्रोशित

अर्थ संसार 
काठमाडौँ–  सरकारले ऊर्जा उद्यमीलाई ऊर्जा उत्पादन गरे वापत अनुदान दिने कार्ययोजनालाई अगाडि बढाएको भएपनि नीजि क्षेत्रका ऊर्जा उद्यमीले हालसम्म अनुदान भने पाउन सकेका छैनन् ।

सरकारी कार्ययोजना कार्यान्वयनमा आउन नसकेको भन्दै ऊर्जा उद्यमीले आपत्ति जनाएका छन् । उनीहरुले पूर्व घोषित कार्यक्रम कार्यान्वयनमा ल्याउन आर्थिक वर्ष २०७१÷७२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार नै आव २०७९/८० सम्म विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइामा जोड्ने र निर्यात गर्ने विद्युत् उत्पादकहरुलाई दश वर्षसम्म पूरै र त्यसपछि पाँच वर्ष ५० प्रतिशत आयकर छुट दिने व्यवस्था गरिएको थियो ।

यस्ता विद्युत् उत्पादकहरुले उत्पादित विद्युत् प्रसारण लाइनमा जोडेपछि रु पचास लाखका दरले एकमुष्ठ अनुदान दिने भन्ने व्यवस्था पनि रहेको छ । सो सम्बन्धी व्यवस्थालाई ऊर्जा मन्त्रालयले थप परिस्कृत पारेर केही दिन पहिले मात्रै आवश्यक निर्णय गरिसकेको छ ।

अर्थ मन्त्रालयले समेत एकमुष्ठ अनुदान दिने निर्णयलाई कार्यान्वयन गराउन आवश्यक बजेट दिने निर्णय गरिसकेको छ । सो व्यवस्थाअनुसार नै ऊर्जा मन्त्रालयले आवश्यक कार्यविधि बनाएको छ ।

कार्यविधिलाई कार्यान्वयनमा ल्याउन ढिलाइ भइरहेको भन्दै ऊर्जा उद्यमीहरुले आपत्ति जनाएका छन् । उज्यालो नेपालअभियानलाई अगाडि बढाउन पनि उत्तः कार्यविधि कार्यान्वयनमा ल्याउनुपर्ने माग ऊर्जा उद्यमीको रहेको छ ।

सो कार्यविधि कार्यान्वयनमा जान सकेको खण्डमा नै ऊर्जा उद्यमीलाई काम गर्न र ऊर्जा उत्पादनमा सहयोग पुग्नेछ । संसदबाट पारित उक्त बजेट वक्तव्य तथा यस कार्यविधिअन्तर्गतको एकमुष्ठ अनुदान प्राप्त गर्न नीजि क्षेत्र, सार्वजनिक क्षेत्र सार्वजनिक नीजि साझेदारी वा अन्य व्यापारिक प्रयोजनले सञ्चालित जलविद्युत् आयोजना आव २०७१/७२ देखि आव २०७९/८० भित्र व्यापारिक उत्पादन सुरु गरी प्रसारण प्रणालीमा विद्युत जोडेको भने हुनुपर्नेछ । 

जलविद्युत् उत्पादकलाई रु पचास लाख प्रति मेगावाट जडित क्षमताका दरले एकमुष्ठ अनुदान प्रदान गरिने समेत कार्यविधिमा उल्लेख छ । यस्तै कार्यविधिअनुसार आव २०७१/०७२ देखि आव २०७४/०७५ सम्म व्यापारिक उत्पादन सुरु गरी प्रसारण प्रणालीमा विदूत् आपूर्ति गरिरहेको भए त्यस्ता उत्पादकलाई थप दश प्रतिशत अनुदान दिइने सरकारको घोषणामा छ ।

तर सोही व्यवस्था भने हालसम्म व्यावहारिक रुपमा कार्यान्वयनमा आउन सकेको छैन । निवेदन दिदा आयोजनाको कुल लागत आयोजना सम्पन्न भएको प्रतिवेदन, नेपाल विद्युत् प्राधिकरण, अन्य थोक विद्युत् खरिदकर्ता , स्वतन्त्र इन्जिनियर वा अधिकार सम्पन्न नियमन आयोगबाट जारी भएको जलविद्युत् आयोजनाको व्यापारिक उत्पादन सुरु गरी विद्युत् आपूर्ति गरिररहेको प्रमाणपत्र लगायतका कागजात समेत उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ ।

तर केही ऊर्जा उद्यमीले यी सबै कागजात उपलब्ध गराएको भएपनि हालसम्म सरकारी अनुदान पाउन नसकेकोमा गुनासो गरेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको